बिएल संवाददाता
‘अश्लील अडियो’का कारण विवादित बनेका एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलाई पदमुक्त गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित निवेदन पेश भएको छ।
चाैतारीकाे केन्द्रीय कमिटीमा रहेका २३ जना महिला पत्रकारहरूले हस्ताक्षरसहित अध्यक्ष ओलीसमक्ष निवेदन दिएका हुन्। साथै उनीहरूले तत्काल बैठक डाक्न पनि संगठनका महासचिव हिरामान लामालाई माग गरेका छन्।
स्रोतका अनुसार ओलीलाई बुझाइएको अनुरोधपत्रमा उपाध्यक्ष एवं केन्द्रीय महिला विभाग प्रमुख कृपा भण्डारी, बागमती इन्चार्ज प्रतिमा सिलवाल, महिला विभाग उपप्रमुख रेनु पराजुली, केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज संगीता आचार्य लगायत केन्द्रीय कमिटीमा रहेका २३ जनाको हस्ताक्षर छ।
पत्रकार पाण्डेले पोखरास्थित एमालेका युवा नेता मञ्जीव क्षेत्रीलाई गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ।
उनले सुरुमा ‘अडियाे मेराे हाेइन, एआईको प्रयोगबाट बनाइयाे’ भने पनि पछि फेसबुकमा स्वीकार गरेको उल्लेख गर्दै निवेदनमा यसले संगठनको गरिमामा आँच पुर्याएको महसुस गरेको उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा पटकपटक व्यक्त गरेका र पुस ४ मा लेखेका स्टाटसले अध्यक्ष ओली र अन्य नेतालाई समेत मुछेर बदनाम गराइएको उनीहरूको निचोड छ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया