बिएल संवाददाता
निर्वाचनको मिति नजिकिएसँगै दलहरूबीच एकताको सिजन सुरु भएको छ। यतिबेला पुराना राजनीति दल मात्रै होइन, ‘वैकल्पिक राजनीतिक शक्ति’हरू पनि एकताको दौडमै छन्।
राजनीतिक वृत्तमा ‘एकताको हावा’ बेस्सरी लागेको छ। केही दिनदेखि रवि लामिछाने नेतृत्वको रास्वपा, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र बालेन शाहबीच एकताको लागि छलफल जारी नै छ।
उता, रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टीबीच भविष्यमा एकता गर्नेगरि चुनावी सहकार्यकाे लागि संवाद भइरहेकाे छ।
त्यस्तै, चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जित श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच ‘पार्टी एकता’को चर्चा सुरु भएको छ।
गएको भदौ–ताका विभाजित भएको ‘श्रीमान–श्रीमति’को मन फेरि पार्टी एकतासम्मै पुग्ला धेरैलाई चासो छ। तर, स्रोतका अनुसार श्रीमान चौधरी र श्रीमति श्रेष्ठबीच दुई पार्टी एक बनाउने सन्दर्भमा वार्ता जारी छ।
‘एक हुने भन्ने कुरामा दाइ–भाउजू सहमति नजिक हुनुहुन्छ। चरण–चरणमा छलफल पनि भइरहेको छ। सायद, चाडै नै नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको घोषणा हुनेछ,’ नाउपा नेपालका एक केन्द्रीय सदस्यले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया