बिएल संवाददाता
रौतहटको कटहरिया नगरपालिका–९, डुमरिया स्थित ज्योति डिस्टलरी प्रालिमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्।
घटनास्थलमा मृत्यु हुने ४५ वर्षका लक्ष्मण राय यादव रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदिश यादव, ५५ वर्षको बिगन यादव र ४० वर्षको मुकेश यादवको हातखुट्टा जलेको र अवस्था चिन्ताजनक रहेको छ।
विस्फोटबाट ४५ वर्षको रहमोद आलम, ३५ वर्षको प्रमजित यादव र ४० वर्षको कैलाश माली मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र पौडेलले जानकारी दिए।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया, गरुडा र लक्ष्मिनिया विजयपुरबाट प्रहरी टोली खटाएर घाइते उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
विस्फोटले उद्योगको भौतिक संरचनामा पूर्ण क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया