बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका कुलमान घिसिङबीच भेटवार्ता जारी छ।
शनिबार भएको भेटवार्तामा बालेनले कुलमानलाई शुक्रबार आफूलाई रास्वपाले गरेको प्रस्तावबारे ब्रिफिड गरेका छन्।
स्रोतका अनुसार बालेनले कुलमानलाई आफूलाई रास्वपाले प्रधानमन्त्रीको अफर गरेको तर, स्टेकको कुरा अझै मिलिनसकेको जानकारी गराएका छन्।
उनले सभापति रवि लामिछानेको पार्टीमा पहिलो बरियता रहने र आफू र कुलमान समान दोस्रो बरियतामा रहने प्रस्ताव गरेको बालेनले ब्रिफिङ गरे।
कुलमानले पार्टी एकतापछि रास्वपामा आफ्नो समूहको स्थानबारे चासो राखेका छन्। स्रोतका अनुसार रास्वपासँग धेरै कुराहरूमा सहमति बाँकी नै रहेकाले दुई नेताबीचको वार्ता सकिएपछि रास्वपाका नेताहरूसँग फेरि वार्ता बस्ने तयारी छ।
बालेन र कुलमानको भेटवार्ता भइरहेको स्थान गोप्य राखिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया