शनिबार, २७ डिसेम्बर २०२५

बालेन– कुलमान भेटवार्ता जारी, रास्वपाको प्रस्तावबारे बालेनको ब्रिफिङ

News Image
• • •

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका कुलमान घिसिङबीच भेटवार्ता जारी छ।

शनिबार भएको भेटवार्तामा बालेनले कुलमानलाई शुक्रबार आफूलाई रास्वपाले गरेको प्रस्तावबारे ब्रिफिड गरेका छन्।

स्रोतका अनुसार बालेनले कुलमानलाई आफूलाई रास्वपाले प्रधानमन्त्रीको अफर गरेको तर, स्टेकको कुरा अझै मिलिनसकेको जानकारी गराएका छन्।

उनले सभापति रवि लामिछानेको पार्टीमा पहिलो बरियता रहने र आफू र कुलमान समान दोस्रो बरियतामा रहने प्रस्ताव गरेको बालेनले ब्रिफिङ गरे।

कुलमानले पार्टी एकतापछि रास्वपामा आफ्नो समूहको स्थानबारे चासो राखेका छन्। स्रोतका अनुसार रास्वपासँग धेरै कुराहरूमा सहमति बाँकी नै रहेकाले दुई नेताबीचको वार्ता सकिएपछि रास्वपाका नेताहरूसँग फेरि वार्ता बस्ने तयारी छ।

बालेन र कुलमानको भेटवार्ता भइरहेको स्थान गोप्य राखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!