बिएल संवाददाता
उज्यालो नेपाल पार्टीले एकताका लागि रास्वपाको प्रस्ताव अस्वीकार गरेको केही घण्टामै बालेन साह र कुलमान घिसिङबीच फेरि वार्ता सुरु भएको छ।
बालेन निकट स्रोतका अनुसार दुई नेताबीच यतिबेला बालुवाटारको एक घरमा वार्ता भइरहेको हो।
कुलमानले शनिबार दिउँसो रास्वपाको प्रस्ताव र बालेनको ब्रिफिङबारे पार्टीको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका थिए। कुलमान उनेपाको संरक्षक हुन्।
रास्वपाले पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री सबै प्रस्ताव पनि अस्वीकार गरेपछि कुलमान रास्वपासँग चिढिएका छन्। उनले अस्तित्व नै मेटिने गरी एकता नहुने स्पष्ट पारिसकेका थिए।
बालेन र कुलमानबीच आजै बिहानपछि भेटवार्ता भएको थियो। लगत्तै उनेपाको केन्द्रीय कमिटी बैठक बसेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया