बिएल संवाददाता
तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भदौ २३ र २४ को घटनामा बयान दिन तयार भएका छन्।
जाँचबुझ आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्नुपर्ने माग सहित दायर भएको रिट निवेदन सर्वोच्चले खारेज गर्दै कार्की आयोगलाई बैधता दिएपछि ओली बयानका लागि तयार भएका हुन्।
गुण्डु स्रोतका अनुसार ओली आफैं सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएर बयान दिन भने तयार छैनन्। यद्यपि आयोगलाई गुण्डु निवासमै बयान दिन वा आयोगले सोधेको प्रश्नको लिखित जवाफ पेस गर्न ओली तयार छन्।
आयोगले भने सबैलाई आयोगमै भौतिक उपस्थित गराएर बयान लिएकोले ओलीलाई मात्रै विशेष सुविधा दिन नसकिने अडानमा छ।
प्रधानमन्त्री कार्कीले चुनावी वातावरण बनाउने तीन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेकाले ओलीलाई कुनै तेस्रो तटस्थ स्थानमा बयान लिन सकिने आयोग स्रोत बताउँछ।
आयोगले ओलीलाई सोध्न ६० भन्दा बढी प्रश्नहरूको सूची बनाइसकेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया