आइतबार, २८ डिसेम्बर २०२६

जाँचबुझ आयोगविरुद्धको रिट खारेज भएपछि बयानका लागि तयार भए ओली

News Image
• • •

तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भदौ २३ र २४ को घटनामा बयान दिन तयार भएका छन्।

जाँचबुझ आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्नुपर्ने माग सहित दायर भएको रिट निवेदन सर्वोच्चले खारेज गर्दै कार्की आयोगलाई बैधता दिएपछि ओली बयानका लागि तयार भएका हुन्।

गुण्डु स्रोतका अनुसार ओली आफैं सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएर बयान दिन भने तयार छैनन्। यद्यपि आयोगलाई गुण्डु निवासमै बयान दिन वा आयोगले सोधेको प्रश्नको लिखित जवाफ पेस गर्न ओली तयार छन्।

आयोगले भने सबैलाई आयोगमै भौतिक उपस्थित गराएर बयान लिएकोले ओलीलाई मात्रै विशेष सुविधा दिन नसकिने अडानमा छ। 

प्रधानमन्त्री कार्कीले चुनावी वातावरण बनाउने तीन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेकाले ओलीलाई कुनै तेस्रो तटस्थ स्थानमा बयान लिन सकिने आयोग स्रोत बताउँछ।

आयोगले ओलीलाई सोध्न ६० भन्दा बढी प्रश्नहरूको सूची बनाइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!