सोमबार, २९ डिसेम्बर २०२६

जसपा नेपाल र जसपाबाट टुक्रिएको एक समूहबीच एकीकरण

News Image
• • •

जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबाट टुक्रिएको एक समूहबीच एकीकरण भएको छ।

एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ। नेताहरूले एकीकरणले मधेस केन्द्रीत राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!