सोमबार, २९ डिसेम्बर २०२६

सुदन र सागरको दबाबपछि कुलमानसँग अन्तिम वार्तामा जुट्यो रास्वपा

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग फेरि वार्तामा जोडिएका छन्।

समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा कुलमानसँग एकताको अन्तिम प्रयासका लागि उनी रास्वपा केन्द्रीय समिति बैठकबाट केहीबेर अघि निस्किएका हुन्।

यसअघि पटक–पटक भएका छलफलहरू निष्कर्षविहिन भएपछि दुवै दल आफ्नो पार्टीको समानुपातिक बन्दसूची टुंग्याउने तयारीमा थिए।

केहीबेरअघि जेनजी अगुवा सुदन गुरुङ र सागर ढकाल रास्वपा पार्टी कार्यालय पुगेका थिए। कुलमानसँग वार्ताको आग्रह गरेपछि सभापति लामिछाने अन्तिम वार्ताका लागि राजी भएका रास्वपा स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!