सोमबार, २९ डिसेम्बर २०२६

कुलमानको पार्टीले आयोगमा बुझायो समानुपातिक बन्दसूची

News Image
• • •

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

रास्वपासँग एकताका लागि रवि लामिछाने र कुलमानबीच वार्ता चलिरहेका बेला उनेपाका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका हुन्।

यसअघि पटक–पटक भएका एकता वार्ता निष्कर्षबिहिन भएको थियो। नेताहरूले आगामी दिनमा रास्वपासँग एकताको संवाद जारी रहने बताएका छन्।

रास्वपासँग वार्ता गरेर सूची तयार पार्न समय लाग्ने भएकाले समय अभावका कारण एक्लै सूची तयार गर्नुपरेको उनीहरूको भनाइ छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!