बिएल संवाददाता
नेकपा (एमाले)ले समानुपातिक ‘आदिवासी जनजाति’तर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नाम राखेको छ। यसअघि आदिवासी जनजातिको पहिलो नम्बरमा रामेश्वर राना मगरको नाम रहेको थियो।
आइतबार बसेको एमाले सचिवालयले बैठकले पारित गरेको सूचीमा मगर पहिलो नम्बरमा थिए। स्रोतका अनुसार उपाध्यक्ष समेत रहेका बादलले असन्तुष्टी जनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा नाम फेरबदल गरेको एक पदाधिकारीले जानकारी दिए।
यसैगरी खस आर्य तर्फ गुरु बराल, डा. पुष्प कडेल, महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायत छन्।
पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावल, रामबहादुर थापा र यसुदा बराल छन्।
यसैगरी निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवा, दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन्। मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया