सोमबार, २९ डिसेम्बर २०२६

आदिवासी जनजातितर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा ‘बादल’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

नेकपा (एमाले)ले समानुपातिक ‘आदिवासी जनजाति’तर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नाम राखेको छ। यसअघि आदिवासी जनजातिको पहिलो नम्बरमा रामेश्वर राना मगरको नाम रहेको थियो।

आइतबार बसेको एमाले सचिवालयले बैठकले पारित गरेको सूचीमा मगर पहिलो नम्बरमा थिए। स्रोतका अनुसार उपाध्यक्ष समेत रहेका बादलले असन्तुष्टी जनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा नाम फेरबदल गरेको एक पदाधिकारीले जानकारी दिए।

यसैगरी खस आर्य तर्फ गुरु बराल, डा. पुष्प कडेल, महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायत छन्।

पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावल, रामबहादुर थापा र यसुदा बराल छन्।

यसैगरी निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवा, दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन्। मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!