मङ्गलबार, ३० डिसेम्बर २०२६

रहिनन् बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ। ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ।
• • •

बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ। ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ।

पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फजरको नमाजपछि खालिदा जियाको निधन भएको हो । नेस्नलिस्ट पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गर्दै आत्माको शान्तिका लागि प्रार्थना गर्न सबैसँग आग्रह गरेको छ।

खालिदा जियालाई नोभेम्बर २३ मा फोक्सोको संक्रमणका कारण एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो। उनी लामो समयदेखि मुटुरोग, मधुमेह, गठिया, कलेजोको सिरोसिस तथा मिर्गौला सम्बन्धी समस्यालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् । यसै महिनाको सुरुमा उनलाई थप उपचारका लागि लन्डन पठाइएको थियो।

उनको निधन बंगलादेशका लागि संवेदनशील राजनीतिक समयमा भएको छ । देश सन् २०२६ को फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनको तयारीमा रहेको छ भने गत वर्षको ‘जुलाई आन्दोलन’पछि राजनीतिक तनाव बढेको अवस्था छ।

खालिदा जियाको निधन उनका छोरा तथा नेस्नलिस्ट पार्टीका नेता तारिक रहमान स्वदेश फर्किएको केही समयपछि भएको हो। तारिक रहमान सन् २००७–०८ मा पक्राउ परेपछि देश छाडेर लन्डनमा बस्दै आएका थिए। अघिल्लो वर्ष शेख हसिनाको सरकार हटेपछि उनीमाथि आवामी लिग शासनकालमा लगाइएका धेरै मुद्दाबाट सफाइ पाएसँगै स्वदेश फर्किने बाटो खुलेको थियो।

तारिक रहमान गत साता बंगलादेश फर्किँदा विमानस्थल नजिकै ठूलो संख्यामा पार्टी नेता तथा समर्थकहरूले स्वागत गरेका थिए, जसलाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको थियो। स्वदेश फर्किएपछि उनले एभरकेयर अस्पतालमा आमालाई भेटेका थिए। खालिदा जियाको अन्त्येष्टि तथा औपचारिक कार्यक्रमसम्बन्धी थप विवरण आउन बाँकी रहेको नेस्नलिस्ट पार्टीले जनाएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!