बिएल संवाददाता
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताए।
उनले लेखेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’
उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ रहनेमा विश्वस्त रहेको पनि उनले लेखेका छन्।
उनले भने, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउँछ। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’
पार्टीहरूले एकीकरणपछि राजनीतिक एकता बलियो बनाउँदै आगामी निर्वाचन र विकासका अभियानमा साझा रणनीति अघि बढाउने तयारीमा रहेको जनाइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया