बिएल संवाददाता
एमालेनिकट युवा संघकी केन्द्रीय सदस्य तथा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य श्रद्धा कुवँर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी छन्।
रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार काठमाडौं महानगरका मेयर बालेन साहको कोटाबाट उनी रास्वपाको समानुपातिकमा सिफारिस भएकी हुन्।
जेनजी आन्दोलनका क्रममा युवाहरूमाथि सरकारको दमनपछि उनले केपी ओलीलाई तानाशाहीको संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेकी थिइन्।
राजीनामा दिँदै उनले भनेकी थिइन्, ‘आज आफ्नै भाइबहिनीलाई कन्चट ताक्दै ज्यान लिने आफ्नो अकर्मण्यता निक्कमापना र लाचारी ढाक्न नागरिकको मुख थुन्ने र ज्यान लिने तहमा अहिलेको तानाशाही केपी ओली सरकारको यो हदको बर्बरता र संबेदनहीनता देखेपछि मन थामेर टुलुटुलु बस्न सकिनँ। इतिहासले मलाइ धिक्कार्ने छ।’
उनले आफ्नो युवा जीवन एमालेमा खेर फालेकोमा पछुतो लागेको समेत भनेकी थिइन्। तर, सामाजिक सञ्जालबाट राजीनामा दिएकी उनले पार्टी कमिटीमा भने लिखित राजीनामा नबुझाएको खुलेको छ।
ओलीलाई गाली गरेको उपहारस्वरुप बालेनले उनलाई समानुपातिकमा सिफारिस गरेको रास्वपा नेताहरू बताउँछन्।
आन्तरिक विधि र प्रक्रियामार्फत उम्मेदवार छानेको रास्वपा एकताको नाममा बालेन र कुलमान समूहबाट विवादास्पद नामहरू सिफारिस भएपछि आलोचनाको शिकार बन्नुपरेको भन्दै नेताहरूले असन्तुष्ट बनेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया