बिएल संवाददाता
नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरूलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको दाबी गरेकी छन्।
मंगलबार काठमाडौंमा आयोजित एमालेको ११औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरूले युवाहरू राजनीतिमा आउनु पर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताइन्।
उनले भनिन्, ‘युवाहरू राजनीतिमा आउनुपर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ। युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ।’
उनले प्रतिनिधि चयनदेखि नेतृत्व छनोटमा ४० वर्षमुनिको समूहका युवाहरूको सहभागिता सुनिश्चित गरिएको पनि बताइन्। ११औं राष्ट्रिय महाधिवेशनबाट जस्तोसुकै चुनौती आउँदा पनि सकारात्मक हुनुपर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाइ छ।
उनले भनिन्, ‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मेरो लागि धेरै कुराहरूमा पहिलो अनुभव थियो। महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनु मेरो पहिलो अनुभव थियो। जस्तो सुकै चुनौती आइपर्दा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा पनि मैले महाधिवेशनबाट सिकेको छु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया