बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ससुरा अर्जुननरसिंह केसीलाई आफूले समानुपातिक सूचीमा सिफारिस नगरेको प्रष्टीकरण दिएका छन्।
यसअघि चुनाव नलड्ने घोषणा गरेका केसीलाई कांग्रेसले समानुपातिकमा सिफारिस गर्दै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेको छ। गगनका ससुरा सूचीमा परेपछि उनको आलोचना सुरु भएको छ।
गगनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो चाहना र प्रयास विपरित ससुरालाई समानुपातिक सूचीमा राखिएको दाबी गरेका हुन्।
उनले भनेका छन्, ‘नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हरसम्भव प्रयास विपरितको निर्णय हो।’
गगनले थपेका छन्, ‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया