बिएल संवाददाता
नेकपा एमाले रुपन्देहीका प्रभावशाली नेता बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
केन्द्रीय नेतृत्वको कार्यशैलीमाथि लामो समयदेखि खबरदारी गर्दै आएका घिमिरेले अन्ततः मंगलबार राति एमाले छोडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्दै घिमिरेले भने, ‘पुराना राजनीतिक दलहरूको मूख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु।’
एमाले परित्याग गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने भएका छन्। घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट थिए। बालेन पनि रास्वपा प्रवेश गरिसकेका छन्।
घिमिरे रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभाका सांसद समेत हुन्। उनको कार्यकालमा तिलोत्तमा नगरपालिकालाई देशकै सर्वोत्कृष्ट नगरपालिका बनाएका थिए।
गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित घिमिरे यसपटक भने रास्वपाबाट एमाले उपाध्यक्ष विष्णु पौडेलको २ नम्बर क्षेत्रबाट लड्ने तयारी गरेका छन्।
एमाले छोड्नुअघि घिमिरेले पौडेलसँग भेट गरेर उनलाई आफूले हराउन मन नभएको भन्दै समानुपातिकमा बस्न सुझावसमेत दिएका थिए।
पौडेललाई उनले भनेका थिए, ‘म तपाईंकै क्षेत्रबाट भिड्ने हो। तपाईंलाई हराउन मेरो चाहना छैन, समानुपातिकमा बस्नुस्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया