बिहिबार, ०१ जनवरी २०२६

जेनजी आन्दोलनः तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउने आयोगको तयारी

News Image
• • •

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानमा बोलाउने तयारी गरेको छ।

बिहिबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको बताए।

बयानमा बोलाउँदा नआए भने के गर्नुहुन्छ? भन्ने प्रश्नमा कार्कीले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’

यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!