बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा हल बुकिङ गरिसकेको खुलेको छ।
विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन्।
नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि महामन्त्रीद्वयले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन्।
यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए। तर, नियमित महाधिवेशनको मिति तोकिएपछि उनीहरूको मागको औचित्य सकिएको थियो।
तर अब नियमित महाधिवेशन नहुने पक्कापक्की भएपछि विशेष महाधिवेशन पक्षधरहरू फेरि सक्रिय भएका हुन्।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको एक केन्द्रीय सदस्यले बताए।
सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन गर्न नसकिने स्पष्ट गरिसकेका छन्। महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि आजै मात्र देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत नेतासँग परामर्श गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया