बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा हल बुकिङ गरिसकेको खुलेको छ।
विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन्।
नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि महामन्त्रीद्वयले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन्।
यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए। तर, नियमित महाधिवेशनको मिति तोकिएपछि उनीहरूको मागको औचित्य सकिएको थियो।
तर अब नियमित महाधिवेशन नहुने पक्कापक्की भएपछि विशेष महाधिवेशन पक्षधरहरू फेरि सक्रिय भएका हुन्।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको एक केन्द्रीय सदस्यले बताए।
सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन गर्न नसकिने स्पष्ट गरिसकेका छन्। महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि आजै मात्र देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत नेतासँग परामर्श गरेका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया