बिहिबार, ०१ जनवरी २०२६

यसअघिको बयान चित्तबुझ्दो नभएपछि रमेश लेखकसँग आयोगले फेरि लियो बयान

News Image
• • •

गत भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पूरक बयान लिएको छ।

आयोगले बुधबार लेखकसँग सिंहदरबारमा ४ घण्टा पुरक बयान लिएको हो। यसअघि पुस १४ गते लेखक आयोग पुगेर २ घण्टा बयान दिएका थिए। 

बयान लिइसकेपछि सिंहदरबारमै पत्रकार सम्मेलन गरेका लेखकले आन्दोलनमा गोली हान्ने आदेश आफूले नदिएको दाबी नै गरेका थिए। त्यस्तै उनले आफूमाथि लगाइएको स्थान हदबारे पनि असन्तुष्टि पोखेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!