बिहिबार, ०१ जनवरी २०२६

रमेश लेखकको यात्रा प्रतिबन्ध फुकुवा

News Image
• • •

पूर्वगृहमन्त्री रमेश लेखकमाथिको यात्रा प्रतिबन्ध फुकुवा भएको छ।

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठिन जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो।

यसअघि आयोगले अनुसन्धानको दायरामा रहेका लेखकलाई आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरि यात्रा प्रतिबन्ध लगाएको थियो।

पुस १४ र १७ गते दुईपटक बयान लिएपछि आयोगले उनीमाथि लगाइएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो।

आयाेगले  लेखककाे  भ्रमण र स्थानहद फुकुवा गरेकाे निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा  जानकारी गराएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!