बिएल संवाददाता
रुपन्देहीमा पार्टी छोड्नेहरूको लर्को लागेपछि एमाले उपाध्यक्ष विष्णु पौडेल नेता-कार्यकर्ताहरूलाई फकाउन जिल्ला पुगेका छन्।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रुपन्देहीका एकजना पनि उम्मेदवार नपरेपछि नेताहरू काठमाडौंमै आएर असन्तुष्टि जनाएपछि उपाध्यक्ष पौडेल गृहजिल्ला झरेका हुन्।
त्यहाँ उनले पार्टी छोड्ने तर्खरमा रहेका र पार्टी छोडिसकेका नेताहरूलाई बोलाएर धमाधम वार्ता सुरु गरेका छन्। पार्टीमा गइरहेको पहिरो रोक्न उनी यतिबेला भैरहवादेखि बुटवलका विभिन्न होटलमा नेताहरूसँग एकल र सामूहिक छलफलमा जुटेका छन्।
आफूनिकट नेताहरूले रुपन्देहीमा एमाले कमजोर भएको भन्दै निर्वाचन नलड्न र समानुपातिकमा बस्न भनेपछि उपाध्यक्ष पाैडेलले कार्यकर्ताहरूलाई फकाउने प्रयास सुरु गरेका हुन्।
अध्यक्ष ओली र महासचिव शंकर पाेखरेलले पेलेपछि आफूले केही गर्न नसकेको भन्दै नेताहरूसँग माफी नै मागेका पौडेलले सबैलाई उचित जिम्मेवारी दिने आश्वासन बाँडिरहेकाे एमाले रुपन्देहीका एक नेताले बताए।
ती नेताका अनुसार उनी भर्खरै एमाले परित्यागको घोषणा गरेका विघटित प्रतिनिधिसभामा सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेलाई पार्टीमा फर्काउन लागि परेका छन्।
उपाध्यक्ष पौडेल यतिबेला घिमिरेसँग तिलोत्तमाको योगीकुटीस्थित एक कार्यकर्ताको घरमा ‘वान टु वान’ वार्तामा छन्। वार्ता करिब ४ घण्टादेखि जारी छ।
नेता घिमिरे एमाले छोडेर रास्वपा प्रवेशको तयारीमा छन्। उनले पौडेलकै क्षेत्रबाट रास्वपाबाट चुनाव लड्ने तयारीसमेत गरेका छन्। घिमिरेले पार्टी छोड्नुअघि नै पौडेललाई भेटेर आफू रुपन्देही–२ बाटै चुनाव लड्ने स्पष्ट पार्दै उनलाई समानुपातिकमा बस्न सुझाव दिएका थिए।
महासचिव शंकर पाेखरेलले दाङबाट ४ जनाको नाम समानुपातिक सूचीमा पार्दा उपाध्यक्ष पौडेलले एकजना पनि बन्दसूचीमा पार्न नसकेपछि नेताहरूले चर्को असन्तुष्टि पोखेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया