बिएल संवाददाता
मंगलबार मध्यरातमा एमाले परित्यागको घोषणा गरेका पूर्वसांसस बासुदेव घिमिरे एमाले फर्किएका छन्।
बिहीबार तिलोत्तमाको योगीकुटीस्थित एक कार्यकर्ताको घरमा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलसँग ६ घण्टा लामो वार्तापछि घिमिरे विभिन्न सर्तमा एमाले फर्किन तयार भएका हुन्।
वार्ताबाट निस्किएपछि कार्यकर्तासँग सामूहिक तस्बिर खिच्दै पौडेल र घिमिरेले आफूहरू सँगै भएको सन्देश दिन खोजेका छन्।
एमाले रुपन्देहीका एक नेताका अनुसार घिमिरेले पार्टी अध्यक्ष केपी ओलीले विश्राम लिए मात्र एमाले फर्किने सर्त राखेका थिए। तर, उक्त सर्त तत्काल पूरा नहुने भन्दै पौडेलले केन्द्रीय सदस्यमा मनोनित गर्ने आश्वासन दिएपछि उनी फर्किन तयार भएका हुन्।
त्यस्तै विष्णु पौडेल आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ घिमिरेलाई छोड्न तयार भएका छन्। उनलाई आफ्नो क्षेत्र दिएर आफू क्षेत्र नम्बर ३ बाट लड्ने तयारीमा पौडेल रहेको नेताहरूले बताए।
एक नेताका अनुसार २ नम्बर क्षेत्रमा धरौटी नै जफत हुने कार्यकर्ताको चेतावनीपछि पौडेल ब्याक भएका हुन्। उक्त क्षेत्र घिमिरेका लागि भने सहज रहेको ती नेताले बताए।
केही समयदेखि रास्वपा नेता बालेन साहसँग निकट सम्बन्ध रहेका घिमिरे एमाले छोडेर रास्वपा प्रवेश गर्ने तयारीमा थिए। जसका लागि उनी एमाले र रास्वपा दुवैतिर बार्गेनिङमा थिए।
घिमिरेले आफूसहित रास्वपा प्रवेश गर्ने नेताहरूको सूची नै तयार परेका थिए। तर, घिमिरे पौडेलको पद र पैसाको आश्वासनमा बिकेको रास्वपा प्रवेशको तयारीमा रहेका नेताहरूले आरोप लगाएका छन्।
बासु फर्किए पनि अधिकांश नेताहरू भने एमाले परित्यागको निर्णयबाट पछि नफर्किने तयारीमा छन्। बासुले आफूहरूलाई धोका दिएर फर्किएको दाबी गर्दै बाँकी नेताहरू रास्वपामै जाने एक नेताले भने।
रास्वपा फर्किने तयारीमा रहेका ती नेताले भने, ‘केन्द्रीय सदस्य र पैसाको प्रलोभनमा उनी (बासुदेव) बिके। हिजो विष्णुले हाम्रा टाउका गनेर लाभ लिए। आज घिमिरेले त्यही गरे। उनी फर्किए पनि हामी उनका कारिन्दा होइनौं। स्वाभिमान बेचेर फर्किन्नौं। धेरै साथीहरू रास्वपा प्रवेशको तयारीमा छौं। सूची तयार हुँदैछ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया