बिएल संवाददाता
नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठकबारे काँग्रेसले जारी गरेको सूचनाअनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपनि तोकिएका मितिमा महाधिवेशनका कामहरू सुरु गर्न नसकेरै अलमलिएको नेपाली काँग्रेसभित्र अहिले विवाद चुलिएको छ।
बिहीबारमात्रै दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले यसअघि सार्वजनिक भएका नियमित महाधिवेशनका सबै कामहरू स्थगित भएको घोषणा गर्दै विशेष महाधिवेशन आह्वान गरिसकेका छन्।
दुई महामन्त्रीको आह्वान सार्वजनिक भएसँगै काँग्रेसले कार्य सम्पादन समितिकाे बैठक बोलाएको हो।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले महाधिवेशन कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको र त्यसपछि उत्पन्न भएको अन्योल र अनिश्चिततालाई अन्त्य गर्न वक्तव्य जारी गर्न बाध्य भएका बताएका छन्।
अब विकल्प विशेष महाधिवेशन मात्रै भएको विज्ञप्तिमा भनिएको छ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया