बिएल संवाददाता
नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई काउन्टर दिन कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच गठबन्धन हुनसक्ने खुलासा गरेका छन्।
शनिबार एमाले लमजुङले बेसीशहरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी चुनाव नयाँ र पुराना दलका बीचमा हुनसक्ने बताए।
रास्वपामा काठमाडौंका मेयर बालेन साह र कुलमान घिसिङ पनि जोडिएपछि पुरानाहरूबीच चुनावी मोर्चाका लागि छलफल सुरु भएको उनको भनाइ छ।
उपाध्यक्ष गुरुङले कांग्रेस र एमालेबीच ७०/७० सिट र बाँकी २५ सिट प्रचण्ड संयोजक रहेको नेकपालाई दिन सकिने खुलासा गरे।
उनले भने, ‘प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । छलफलमा नेकपा पनि मिसिएको छ। प्रचण्डहरूलाई पनि मिसाएर लैजाने हुनसक्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया