बिएल संवाददाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ अध्यक्ष केपी ओलीको एकल नाम सिफारिस गरेको छ।
शनिबार एमालेले झापाका ५ निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रका आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। जसमध्ये झापा–५ मा मात्र एकल नाम सिफारिस भएको हो।
क्षेत्र नम्बर १ बाट रामचन्द्र उप्रेती, असारु राजवंशी, राजु कार्की, घनश्याम अधिकारीसहित सात जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट लक्ष्मी राई कृष्ण कनाल र निरु परियारको पनि आकांक्षी छन्।
झापा निर्वाचन क्षेत्र नम्बर २ बाट भने सभामुख देवराज घिमिरेसहित १३ जना आकांक्षी छन्। ती नामलाई सर्ट लिस्ट बनाएर भोलि मात्रै जिल्लामा सिफारिस गर्ने तयारी छ।
क्षेत्र नम्बर ३ बाट दीपक कार्कीसहित हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस भएको छ।
त्यस्तै क्षेत्र नम्बर ४ बाट एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम सिफारिस गरिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया