बिएल संवाददाता
खैरो रंगको बाक्लो ट्र्याकसुट अनि कानमा ‘हेडफोन’ लगाएर पानीको बोत्तल समाएका एक तस्विर सार्वजनिक गर्दै शनिबार साँझपख अमेरिकी राष्ट्रपति डोँनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखे- ‘अमेरिकी युद्धपोतमा निकोलस मादुरो…’
यो भनेको अमेरिकाले मादुरो र उनकी श्रीमतिलाई जिवितै अमेरिका पुर्याउँदैछ भन्ने स्पस्ट सन्देश हो। मादुराेकाे हातमा हतकडीसमेत लगाइएकाे छ। शुक्रबार भेनेजुएलामा आक्रमण गर्दै अमेरिकी सैनिकले त्यहाँका राष्ट्रपति मादुरो र उनकी श्रीमतिलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई अमेरिका पुर्याइएको छ र अब विभिन्न अपराधहरू गरेको आरोपमा अमेरिकी अदालतमै मादुरो र उनकी श्रीमतिमाथि मुद्दा चल्नेछ। लामो समयदेखि अमेरिकाले मादुरोमाथि ‘ड्रग्स’ माफियाको आरोप लगाउँदै आएको छ।
भेनेजुएलाका मुख्य सैन्य अड्डाहरू तथा सुरक्षा अंगलाई नियन्त्रणमा लिएपछि अमेरिकी सैनिकले राष्ट्रपति मादुरो बसिरहेको घरमा पनि आक्रमण गरेको थियो। त्यसपछि त्यहिँबाटै उनलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याइएको छ।
शनिबार साँझपख आफ्नै फ्लोरिडामा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरो र उनकी श्रीमति अमेरिकाको नियन्त्रणमा रहेको पुष्टि गरेका थिए।
यसपछि अब भेनेजुएलामा राजनीतिक संक्रमण छ। अर्को अन्तरिम सरकार नबनुञ्जेल त्यहाँ अमेरिकाले नै शासन चलाउने पनि ट्रम्पले बताए।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया