बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले दिल्ली उड्नुअघि एमाले अध्यक्ष केपी ओलीसँग एकल वार्ता गरेका छन्।
ललितपुरको च्यासलस्थित एक व्यक्तिको घरमा दुई नेताबीच २५ मिनेट भेटवार्ता भएको हो। संयोजक प्रचण्ड आजै साँझ भारतको राजधानी जाँदैछन्।
भेटमा समसामयिक राजनीति, चुनावी वातावरण निर्माण, राष्ट्रिय सभा र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहकार्यको सम्भावनाबारे खुलेर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार शनिबार नै दुई नेताबीच भेटवार्ताको समय तय भएको थियो तर, पूर्वी नेपालको भ्रणमा रहेका प्रचण्ड काठमाडौं फर्किन ढिला भएपछि आइतबार बिहान भेटवार्ता भएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया