बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा ४ पदाधिकारी थपिने भएका छन्।
पदाधिकारीमा उपसभापति– १, महामन्त्री– १, सहमहामन्त्री–१ र सहप्रवक्ता–१ जना थप्ने निर्णय रास्वपाले गरेको हो।
प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो।
अब रास्वपामा ३ उपसभापति र २ महामन्त्री हुनेछन्। उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई यसअघि नै उपसभापति बनाउने सहमति भइसकेको छ। रास्वपा स्रोतका अनुसार थपिएको एक महामन्त्री भने बालेन समूहको भागमा परेको छ।
यसैगरी रास्वपाले केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रीत दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ।
उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ।
यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया