बिएल संवाददाता
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराे (सीआईबी)ले ओखलढुंगामा श्रृखलाबद्ध रुपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ गरि सार्वजनिक गरेको छ।
केही महिनादेखि ओखलढुंगामा दुईवटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरि सीआईबीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही पालिकाको वडा नम्बर ४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ का ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल छन्।
विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको र बाँकी ३ जनालाई शनिबार रातमाटेबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए।
गत पुस १५ गते राति ८ बजेको समयमा ४ जनाको समूहले ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-६, भदौरे गैरीगाँउस्थित शोभितमान किराना पसलका सञ्चालक ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरेको थियो।
कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी दम्पतीको बिभत्स हत्या भएको थियो। हत्या पश्चात हत्यारा समूहले गोठमा लगी स्याउलाले छोपी, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरी लगेका थिए।
घटनाको अनुसन्धानमा प्रहरी प्रधान कार्यालय, सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय, र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट संयुक्त टोली खटिएको थियो। उक्त टोलीले हत्यामा संलग्न समूहलाई पक्राउ गरेको हो।
उनीहरूलाई पक्राउ गरी अनुसन्धानका क्रममा सो समूहले गत असोज २६ गते राति सिद्धिचरण नगरपालिका-४ चार्खुमा खेति किसानी गरी बस्ने एकल महिला ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की)लाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरि लगेको समेत खुलेको छ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ।
हत्यामा संलग्नहरूबाट बरामद भएका दशी/प्रमाणहरू:
चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो थान-१
चार्खुस्थित घटनास्थलबाट मृतक रत्नकुमारी कटवालको हत्यापश्चात लुटिएको भनिएको सुन गालेर बनाएको ५.८० ग्राम तौल भएको रिङ थान १
प्रतिवादी दोर्जे भन्ने अशोक भुजेलको घरबाट दाप सहितको खुकुरी थान-१
विनोद राईको खल्तीबाट शोभितमान किराना पसल (भदौरे, गैरिगाँऊ)बाट लुटिएको रु १०० को रिचार्ज कार्ड
प्रतिवादी विनोद राई र दोर्जे भन्ने अशोक भुजेलको घरबाट भरूवा बन्दुक १/१ नाल गरी जम्मा २ नाल बरामद
भदौरे घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो थान-१
प्रतिवादीहरूको साथबाट बरामद भएका मोबाईलहरू थान-४
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया