बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बनेका छन्।
रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेता बनाएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।
रास्वपाले बालेनलाई बरिष्ठ नेतासहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।
बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त हुँदा भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य बनेका छन्।
त्यस्तै लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय सदस्य मनोनित भएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया