सोमबार, ०५ जनवरी २०२६

बालेन साह अब रास्वपा वरिष्ठ नेता, महामन्त्रीमा सुनिल लम्साल

News Image
• • •

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बनेका छन्।

रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेता बनाएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

रास्वपाले बालेनलाई बरिष्ठ नेतासहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त हुँदा भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य बनेका छन्।

त्यस्तै लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय सदस्य मनोनित भएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!