बिएल संवाददाता
नेकपा एमालेले भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट पार्टीका केन्द्रीय सचिव महेश बस्नेतलाई उम्मेदवारका लागि सिफारिस गरेको छ। नेकपा एमालेको भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले बस्नेतको नाममात्रै सिफारिस गरेको हो।
केही दिनअघिमात्रै भएको नेकपा एमालेको महाधिवेशनबाट बस्नेत सचिवमा निर्वाचित भएका थिए। जेनजी आन्दोलनपछि थला परेको नेकपा एमाले र पार्टी अध्यक्ष केपी ओलीलाई निकै ढाडस दिएर सार्वजनिक-राजनीतिक जीवनमा सक्रिय बनाउन भूमिका खेलेका बस्नेत अहिले नेकपा एमालेमा निकै शक्तिशाली र ओलीका विश्वासपात्र मानिन्छन्।
यो क्षेत्रबाट चुनाव लड्नका लागि राजेन्द्र राजथला अनि युवा नेता अनिल श्रेष्ठलगायत पनि आकांक्षी थिए। तर अन्तिम अवस्थामा उनिहरू सबैले आफ्नो दाबी त्याग गर्दै बस्नेतलाई पनि सर्वसम्मत सिफारिस गरेका हुन्।
आफ्नो एकल सिफारिस भएपछि बस्नेतले पार्टी कमिटी र आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्।
‘फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ मेरो नाम सर्वसम्मत एकल उम्मेदवार सिफारिसको प्रक्रियालाई सहज बनाउन दाबेदारी त्याग गर्नुहुने अनुभवी नेता राजेन्द्र राजथला तथा , ऊर्जाशील युवा नेता अनिल श्रेष्ठप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु’ उनले भनेका छन् ‘साथै सिफारिस प्रक्रिया अघि बढाउन भुमिका खेल्ने राष्ट्र सम्सेर थापा संयोजक रहनुभएको नेकपा एमाले क्षेत्रीय समन्वय समिति, तथा सम्पूर्ण प्रक्रियाको संयोजन गर्नुहुने नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा लगायत प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण कमरेडहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया