बिएल संवाददाता
भारत भ्रमणमा रहेका नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गोप्य भेट गरेका छन्।
पार्टी कार्यक्रमका लागि भन्दै आकस्मिक दिल्ली भ्रमण निस्केका प्रचण्डले आइतबार साँझ नै डोभालसँग भेट गरेका हुन्। दिल्ली उत्रिएलगत्तै होटल ताजमान पुगेका प्रचण्डलाई भेट्न डोभाल सोही होटलमा पुगेका थिए।
स्रोतका अनुसार उनीहरूबीच एक घण्टाभन्दा बढी वार्ता भएको थियो। प्रचण्डले डोभालका अलावा सत्तारुढ भाजपाका नेताहरूसँग पनि भेटवार्ता गरेका छन्।
प्रचण्ड निकट स्रोतका अनुसार भेटवार्ता गोप्य राख्ने सर्कुलर भएको छ। आइतबार दिल्ली पुगेका प्रचण्ड सोमबार साँझ स्वदेश फर्किँदैछन्।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया