बिएल संवाददाता
भारत भ्रमणमा रहेका नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू भारतीय मित्रहरूसँग सल्लाह सुझाव संकलनका लागि दिल्ली आएको खुलासा गरेका छन्।
दिल्लीमा प्रवासी नेपाली समूदायलाई सम्बोधन गर्दै उनले नेपालमा पछिल्लो विकसित घटनाक्रमबारे सल्लाह सुझाव संकलन गर्नु आफ्नो भ्रमणको उद्धेश्य रहेको बताएका हुन्।
मैले प्रधानमन्त्रीको हैसियतले नेपाल–भारत सम्बन्धमा गरेका कतिपय महत्वपूर्ण निर्णयहरूको भारतीय मित्रहरूसँग अनौपचारिक ढंगले समीक्षा गर्ने, विकसित घटनाक्रमबारे सल्लाह सुझाव संकलन गर्ने उद्धेश्य थियो।
साथै उनले पार्टीको कार्यक्रम भने आफ्नो पहिलो प्राथमिकतामा नरहेको संकेत गरे। उनले भारत आएको बेला नेपाली समूदायसँग भेटघाट गर्नु आफ्नो प्राथमिकतामा रहेपनि मुख्य प्राथमिकता भारतीय नेताहरूसँगको भेटवार्ता रहेको संकेत गरे।
उनले नेपाली समूदायलाई सम्बोधन गर्दै भने, ‘यहाँ आएको बेला तपाईंहरूसँग भेटघाट गर्ने र एकता सन्देश सुरुवात गर्ने उद्धेश्य पनि थियो।’
त्यहाँ रहँदा मोदीका दूतहरूसँग भेट गरेको स्वीकार गर्दै प्रचण्डले भने, ‘केही विकसित राजनीतिक घटनाक्रमबारे हिजो र आज मेरो अनौपचारिक रुपमा भारतीय मित्रहरूसँग समीक्षा भएको छ।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया