बिएल संवाददाता
चुनावी सरगर्मी बढेसँगै नेताहरूको भारत भ्रमण बाक्लिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले पनि दिल्ली भ्रमणमा जाने भएका छन्।
‘जेन–जी आन्दोलनपछिको नेपाल–भारत सम्बन्ध’ बारे भारतका दुई ‘थिंक ट्यांक’ विवेकानन्द इन्टरनेसनल फाउन्डेसन र नेटस्ट्राटले संयुक्त रुपमा आयाेजना गर्न लागेको सेमिनारमा सहभागी हुन वाग्ले बिहीबार भारत प्रस्थान गर्न लागेका हुन्। उनीसँगै कांग्रेस नेता गाेविन्दराज पाेखरेल पनि दिल्ली जाँदैछन्।
विवेकानन्द फाउन्डेसनका संस्थापक निर्देशक हुन् प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल। त्यस्तै पूर्वसहायक प्रमुख सुरक्षा सल्लाहकार पंकज शरण नेटस्ट्र्याटका प्रमुख हुन्।
यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारतबाट फर्किएलगत्तै नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दुईदिने दिल्ली यात्रामा निस्केका थिए। त्यहाँ उनले अजित डोभालसहित भाजपा नेताहरूसँग सल्लाह सुझाव लिएर सोमबार राति नेपाल फर्किसकेका छन्।
प्रचण्ड नेपाल फर्किरहँदा कांग्रेस नेतृ आरजु राणा दिल्ली उत्रेकी थिइन्। उनी यतिबेला दिल्लीमै छिन्। स्वास्थ्य उपचारका लागि गएको भनेपनि उनी पार्टी सभापति एवं श्रीमान शेरबहादुर देउवाको प्रतिनिधिका रुपमा भारत गएको कांग्रेसका नेताहरूले बताएका छन्।
यसअघि ७ पुसमा पूर्वप्रधानमन्त्री भट्टराई पनि ७ पुसमा भारत भ्रमणमा गएका थिए। उनले मुम्बईदेखि दिल्लीसम्म राजनीतिक भेटघाट नै गरे भारतका पूर्वराजदूतहरूले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भए।
एमाले स्रोतका अनुसार एमाले सचिव डा. राजन भट्टराईसहित एमाले नेताहरू पनि केही दिनभित्रै दिल्ली जाँदैछन्।
यता प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी पनि उपचारका लागि दिल्लीमै छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया