बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले स्वकीय सचिवलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका छन्।
एमाले सचिवालय स्रोतका अनुसार ओलीले कोशी प्रदेशबाट झापाकी रोशनी मेचेलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनाएका हुन्।
आजै बिहान बसेको सचिवालय बैठकले ओलीलाई राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मेवारी दिएको छ। कांग्रेस–एमाले–नेकपा गठबन्धनमा एमालेले ७ सिटमा दाबी गरेको छ।
मेचे यसअघि ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा कार्यरत थिइन्। उनै ओलीले पीए मेचेलाई उम्मेदवार बनाउन पार्टी सचिवालयबाट अनुमोदन गराएका छन्।
ओलीले फेरि झापालाई प्राथमिकता दिएपछि केही नेताहरूले फरक मत राखेका छन्। पार्टीभित्र थुप्रै स्थापित नेताहरूले अवसर नपाइरहेका बेला एउटै व्यक्तिलाई पटक–पटक अवसर दिनु उचित नहुने उनीहरूको मत छ।
एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीभित्रै अवसर नपाएका स्थापित नेताहरू छन्। राष्ट्रिय सभामा उनीहरूलाई लैजानुपर्छ। एउटा नियुक्ति सकिन नपाउँदै एउटै व्यक्तिलाई अर्को जिम्मेवारी दिइनु उचित होइन।’
मेचे झापाकी लोपोन्मुख समुदायकी हुन्। उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया