बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनमा पराजित विष्णु रिमाललाई पार्टीको महत्वपूर्ण तीन जिम्मेवारी दिएका छन्।
रिमाललाई ओलीले सचिवालय बैठकमार्फत नियमावली संशोधन गर्दै एमालेको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षसहित तीन जिम्मेवारी सुम्पेका हुन्।
यसअघि प्रतिष्ठानको जिम्मेवारीमा थिए नेता ईश्वर पोखरेल। पोखरेललाई हटाएर ओलीले रिमाललाई प्रतिष्ठानको जिम्मेवारी दिएका हुन्।
हालै सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा रिमाल उपमहासचिव सहित केन्द्रीय सदस्य पदमा समेत पराजित भएका थिए। पोखरेल केपी ओलीसँग अध्यक्षमा पराजित भएका थिए।
त्यस्तै मंगलबार बसेको सचिवालय बैठकले रिमाललाई निर्वाचनलक्षित गठन गरिएका समितिहरूमा पनि महत्वपूर्ण जिम्मेवारी दिएको छ।
रिमाललाई उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको ‘निर्वाचन परिचालन कमिटी’को सचिवको जिम्मेवारी दिएको छ।
त्यस्तै अध्यक्ष केपी ओलीको संयोजकत्वमा गठन भएको ‘घोषणापत्र मस्यौदा समिति’ मा पनि रिमाललाई सदस्य तोकिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया