बिएल संवाददाता
नेपाली कांग्रेसले एमालेसँगको गठबन्धनबाट आफ्नो भागमा पर्ने ९ जना राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंग्याएको छ।
जसअनुसार कांग्रेसले पार्टीका केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष, प्राध्यापकदेखि पूर्वमहान्यायाधिवक्तासम्मलाई उम्मेदवार बनाएको छ।
गठबन्धनबाट ७ सिटको दाबी गरेको कांग्रेसले गठबन्धनबाट प्रचण्ड नेतृत्वको नेकपा बाहिरिएपछि बुधबार बिहान बसेको कार्यसम्पादन समितिले ९ सिटमा उम्मेदवार घोषणा गरेको हो। राष्ट्रिय सभा निर्वाचनको मिति माघ ११ गतेका लागि तोकिएको छ।
कांग्रेसले कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिल थापालाई उम्मेदवार बनाइएको छ। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए उनी सहमहामन्त्रीसमेत बनेका थिए। यतिबेला उनी कांग्रेसको कार्यसम्पादन समिति सदस्य छन्।
राष्ट्रियसभामा उम्मेदवार बन्नका लागि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट केही दिनअघि राजीनामा दिएका थापा पूर्वप्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री समेत हुन्।
त्यस्तै कांग्रेसले मधेस प्रदेशको अपांगता अल्पसंख्यक क्लस्टरमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णलाई उम्मेदवार बनाएको छ। कर्ण यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्यसमेत बनेका थिए। मधेसबाटै दलित कोटामा धनेन्द्र पासवास उम्मेदवार सिफारिस भएका छन्।
बागमतीबाट गीता देवकाेटालाई कांग्रेसले महिला कोटाबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ।
यता गण्डकी प्रदेशको अन्य क्लस्टरमा कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिना उम्मेदवार बनेका छन्।
लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा पार्टीका केन्द्रीय सदस्य तथा गुल्मीका पुराना नेता चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ। त्यस्तै लुम्बिनीबाटै अपांगता अल्पसंख्यक क्लस्टरमा बासुदेव जंगली सिफारिस भएका छन्।
कर्णालीबाट कांग्रेसले अन्य क्लस्टरमा पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको छ।
सुदूरपश्चिममा अन्य क्लस्टर खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्। खाती सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला महान्यायाधीवक्ता बनेका थिए।
कांग्रेसले सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काको कोटाबाट ६ जना र नेता शेखर कोइरालाको कोटाबाट ३ जना भागबण्डाबाट उम्मेदवार टुंग्याएको हो
शेखर कोटाबाट रञ्जित कर्ण, बासुदेव जंगली र गीता देवकोटा सिफारिस भएका हुन्।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया