बिएल संवाददाता
गत भदौ २३ गतेको घटनाको जिम्मा आफ्नै अध्यक्ष केपी ओलीलाई थोपरेकी एमाले नेतृ सम्झना देवकोटा ओलीकै सिफारिसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेकी छन्।
जेनजी आन्दोलनको पहिलो दिन १९ जना युवाको ज्यान गएपछि एमाले गोर्खाकी नेतृ देवकोटाले घटनाको जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको सरकारले लिनुपर्ने भन्दै स्टाटस लेखेकी थिइन्।
तर, भदौ २४ गते देशभर विध्वंस मच्चिएपछि एमाले नेताहरूको दबाबमा उनले स्टाटस हटाएर ओलीको पक्षमा लेख्न सुरु गरेकी थिइन्।
यद्यपि ओलीले गत ११औं महाधिवेशनमा उनलाई आफ्नो प्यानलमा समावेश गरेनन्। महाधिवेशनमा केन्द्रीय सदस्य नै हारेकी उनै देवकोटा फेरि ओलीकै आशीर्वादमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेकी हुन्।
देवकोटा तिनै नेतृ हुन्, जसले एमालेबाट गोरखा नगरपालिकाको उपमेयर, मेयरमा पराजित हुँदै अघिल्लो राष्ट्रिय सभामा समेत हार खाएकी थिइन्।
यसपटक भने उनले बाजी मार्ने सम्भावना धेरै छ। किनभने राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दल कांग्रेस र एमालेले गठबन्धन गर्ने निर्णय गरेका छन्। प्रमुख दुई दल मिल्दा गठबन्धनका उम्मेदवारको जित पक्का हुने अंकगणितले देखाउँछ।
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोकिएको छ।
एमालेकै नेताहरूले भने नेतृत्वविरुद्ध सङ्गिन आरोप लगाएकी, पटक–पटक परीक्षण भइसकेकी र हार व्यहोरिसकेकी देवकोटालाई फेरि अवसर दिन लागेको भन्दै नेतृत्वको आलोचना गरेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया