बिएल संवाददाता
जेनजी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
राप्रपाले हमाललाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको रूपमा सिफारिस गर्दै पार्टीभित्र उदाउँदै गरेका युवामध्ये एक प्रभावशाली र सम्भावना बोकेको नेताका रूपमा मूल्यांकन गरेको जनाएको छ।
बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेनजी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा जेनजी आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ पनि उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिएको छ।
राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल वैचारिक स्पष्टता र सार्वजनिक बहसमा सशक्त उपस्थितिका कारण चिनिएका युवा नेता हुन्। उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्वको संकेतका रूपमा हेरिएको छ।
विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टक्कर दिने गरी उनी चुनावी मैदानमा आउनेछन्।
पुस्तान्तरणको बहस तीव्र रुपमा अगाडि बढेको र युवा नेताको रूपमा राष्ट्रिय पहिचान बनाएका रविकिरणले यसपाली सुर्खेत-१ मा बलियो राजनीतिक पकट जमाउने सम्भावना देखिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया