बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले पार्टीको गतिविधिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन भनेपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्।
कार्कीले मन्त्रिपरिषद बैठकमै कुलमानसहित अर्का मन्त्री बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन भनेकी थिइन्। मन्त्री खरेलले आफू कुनै पनि दलमा आवद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट गर्दै राजीनामा नदिने अडान लिएका छन्।
तर, अर्का मन्त्री गुप्ता भने राजनीतिमा होमिने संकेत गरेका छन्। उनीनिकट स्रोतका अनुसार अमेरिका भ्रमणको तयारीमा रहेका गुप्ताले त्यहाँबाट फर्केपछि राजीनामा दिने मुड बनाएका छन्।
कुलमानको पार्टी र रास्वपाबीच एकताको सहमति हुँदा सँगै देखिएका गुप्ता कुलमान र बालेनको टिममध्ये एकबाट रास्वपा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।
गुप्तानिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको आग्रह बमोजिम उहाँ (मन्त्री गुप्ता)ले राजीनामा दिने मुड बनाइसक्नु भयो। तर, अमेरिकाको पूर्व निर्धारित कार्यक्रममा सहभागी भएर फर्किएपछि राजीनामा बुझाउने उहाँले अडान लिनु भएको छ। प्रधानमन्त्रीज्यूले पनि ‘ओके‘ भन्नु भएको छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया