बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा परेकी केन्द्रीय सदस्य ज्वाला संग्रौला (टीका)ले पिछडिएको क्षेत्रबाट सांसद बन्न सुदूरपश्चिमको अछामबाट नागरिकताको प्रतिलिपि लिएकी छन्।
ज्वालाले श्रीमान हिमाल उपाध्यायको नामबाट अछामको मंगलसेन नगरपालिकाबाट नागरिकता लिएकी हुन्। उपाध्यायसँग संग्रौलाको १२ वर्षअघि विवाह भएको थियो।
पूर्वी नेपालको पाँचथरमा जन्मिएकी ज्वाला झापामा हुर्किएकी हुन्। तर, उनी रास्वपाको समानुपातिक सूचीमा महिला कोटाको दोस्रो नम्बरमा र पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा परेकी छन्।
झापाकी ज्वाला पिछडिएको क्षेत्रबाट नाम समावेश भएपछि नागरिकता सँच्याउन अछाम पुगेकी हुन्। उनी यतिबेला अछाममै चुनावी अभियानमा जुटेकी छन्।
यसअघि झापा–५ बाट केपी ओलीसँग भिँड्ने हुंकार गरेकी उनले अन्ततः हार निश्चित रहेको भन्ने नेताहरूबाट ब्रिफिङ भएपछि समानुपातिकबाट सांसद बन्ने सहज बाटो रोजिन्।
त्यसमा पनि पिछडिएको कोटाबाट सांसद सुनिश्चित गर्न १२ वर्षसम्म वास्ता नगरेकी ज्वाला एकाएक श्रीमानको नामबाट ठेगाना सच्याउन अछाम पुगिन्।
ज्वाला एकाएक अछाम पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिमको पहाडी जिल्ला, र कर्णालीको नेताहरूले भने रास्वपामा विकृति फैलिने भन्दै चिन्ता व्यक्त गरेका छन्।
रास्वपा अछामका एक नेता भन्छन्, ‘न्युनतम नैतिकतासमेत बिर्सेर सभापति रवि लामिछानेको निकट भएकै आडमा पिछडिएको कोटा खोस्न उहाँ आउनु भएको हामीले बुझेका छौं। उहाँ नेपाली हो भन्नेमा दुईमत रहेन तर, त्यसभन्दा पहिला उनी झापाली हुन्। त्यसमा पनि प्रत्यक्ष चुनाव लड्ने हैसियत भएका उहाँजस्ता नेताहरू दुर्गमको कोटा हत्याउन नआइदिएको भए राम्रो सन्देश जाने थियो।’
राजनीतिक रुपमा यसको ठूलो अर्थ भए पनि एक नागरिकले आफ्नो अधिकारको प्रयोग गर्दै नागरिकता प्रतिलिपि लिनुलाई सामान्य प्रक्रियाका रुपमा लिनुपर्ने जानकारहरू बताउँछन्।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया