महेश चौलागाईं
महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनमा सहभागी हुन् प्रतिनिधिहरू काठमाडौं लाग्ने क्रम सुरु भएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार राति पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा पार्टीको केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेका छन्।
महाधिवेशनका लागि केही दिनको मात्र समय रहेकाले काठमाडौंबाट टाढाका जिल्लाका विशेष महाधिवेशन पक्षधरहरू काठमाडौं सोझिन सुरु गरेका छन्।
विशेष महाधिवेशन पक्षधर कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाको नेतृत्वमा सचिव अर्जुनसिंह कठायतसहितको टोली गाडी बुक गरेर काठमाडौंतर्फ लागेका छन्।
जुम्ला कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्ला हो। शाही आफैं भने नियमित महाधिवेशनको पक्षमा छन्। उनले नियमित महाधिवेशनको पक्षमा सार्वजनिक अपिलसमेत गरेका छन्। तर, उनकै गृहजिल्लाका नेताहरू भने विशेष महाधिवेशनका लागि काठमाडौं सोझिएका हुन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया