बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री सुशीला कार्कीको निमन्त्रणामा बालुवाटार पुगेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री निवासमा ओली र कार्कीबीच ३ घण्टा लामो वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले ओलीसँग निर्वाचनका विषयमा कुराकानी गरेको सचिवालयले बतायो। ओलीले चुनावी वातावरण नबनेको फेरि दोहोर्याएका थिए।
प्रधानमन्त्रीले चुनावी वातावरण बनिसकेको, ओलीमाथि लगाएको स्थानहद फुकुवा भइसकेको र जाँचबुझ आयोगले पनि सहजपूर्वक ओलीलाई विशेष सुविधा दिएर डेराबाटै बयान दिएको सम्झाइन्।
ओलीले चुनावी वातावरण बनेमा एमाले चुनावमा भाग लिन तयार रहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जनायो।
चुनावको मिति नजिएसँगै जेनजी आन्दोलनको बलमा सत्ताच्यूत भएका ओलीको बालुवाटार ओहोरदोहोर बाक्लिएको छ। केही समयअघि पनि प्रधानमन्त्री कार्कीले ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गरिसकेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया