बिएल संवाददाता
नेकपा एमालेको उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित भएका विष्णु रिमाललाई पार्टीको सचिवालयसहित सबै कमिटीको बैठकमा सहभागी गराउन अध्यक्ष केपी शर्मा ओलीले चोरबाटोबाट ढोका खुला गरेका छन्।
पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष कार्यविधि संशोधन गर्दै अध्यक्ष ओलीले प्रतिष्ठानको अध्यक्ष सचिवालय बैठकमा आमन्त्रित गर्न सक्ने व्यवस्था गरेका छन्। एमालेको २३ पुसमा जारी गरेको अन्तरपार्टी निर्देशनमा यसको जानकारी गराइएको छ।
निर्देशनमा भनिएको छ, ‘नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यविधि संशोधन गर्नेः नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यविधि संशोधन गरिएको छ। संशोधित कार्यविधिअनुसार प्रतिष्ठानको अध्यक्षमा पूर्वपदाधिकारी तथा पदाधिकारी सरहको व्यक्ति अध्यक्ष हुने व्यवस्था गरिएको छ। प्रतिष्ठानको अध्यक्ष केन्द्रीय आयोगका अध्यक्षसरह केन्द्रीय सचिवालयको बैठकमा आमन्त्रित गर्नसक्ने व्यवस्था गरिएको छ। नयाँ संशोधित कार्यविधिका आधारमा प्रतिष्ठानको अध्यक्षमा निवर्तमान उपमहासचिव कमरेड विष्णुप्रसाद रिमाललाई नियुक्त गर्ने निर्णय गरिएको छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया