बिएल संवाददाता
नेकपा एमाले गुल्मी–२ क्षेत्रीय कमिटीले एकल सिफारिस गरेका केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्टलाई टिकट नदिने चलखेल सुरु भएको छ।
क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेता पनि महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य प्रदीप ज्ञवालीको दबाबमा जिल्ला कमिटीले ४ जनाको नाम थपेर माथिल्लो कमिटीमा सिफारिस गरेको छ।
निर्वाचन क्षेत्रबाट उम्मेदवार छान्ने बेला विष्टबाहेक अन्य आकांक्षी नदेखिएपछि उनी सर्वसम्मत सिफारिस भएका थिए। तर, जिल्ला कमिटीले अन्य आकांक्षी हुँदाहुँदै छलफल नै नगरी विष्टको एकल नाम सिफारिस गरिएको भन्दै ४ जनाको नाम थपेको हो।
जिल्ला कमिटीले रामकुमारी झाँक्री, नगेन्द्र अर्याल, राजेन्द्र अर्याल र कृष्ण आचार्यको नाम थपेको छ। उपाध्यक्षलाई केन्द्रबाट टिकट नदिन अनेकन प्रयासहरू भइरहेको विष्ट निकट नेताहरूको आरोप छ।
एक नेताका अनुसार आगामी निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्दा ‘एकल सिफारिस भएका गोकर्ण’लाई पार्टीले टिकट दिनुपर्छ। त्यसाे हुँदा क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएका नेता प्रदीप ज्ञवालीले टिकट नपाउने सम्भावना रहन्छ। कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी निर्विकल्प उम्मेदवार मानिन्छन्। गत निर्वाचनमा ज्ञवालीलाई उनैले हराएका हुन्।
त्यस्तै, ज्ञवालीले आफ्नो क्षेत्रमा आफू निर्विकल्प बनेर क्षेत्र नम्बर २ कांग्रेसलाई दिने रणनीति अनुसार गोकर्णलाई रोक्ने प्रयास भएको ती नेताको दाबी छ।
एमाले महासचिव पोखरेलले नै थपिएका नेताहरूलाई फोन गरेर गोकर्णलाई एकल सिफारिस गरेकोमा असन्तुष्टि जनाएका थिए। सोही कारण क्षेत्रबाट विष्टलाई एकल सिफारिस गर्ने सहमति गरेका नेताहरू केन्द्रको दबाबमा जिल्लाबाट नाम थप्न सहमत भएका हुन्।
ती नेता भन्छन्, ‘पार्टी कमजोर बनाउन ज्ञवाली र महाचसचिव लाग्नुभयो। २ नम्बर क्षेत्रमा गोकर्ण कमरेड बाहेक कोही पनि जित्दैनन्। ओलीलाई खुसी बनाउन उहाँहरूले तीकडम गर्नुभयो।’
एमाले स्रोतका अनुसार राजेन्द्र अर्यालको नाम भने जबरजस्ती राखिदिएको खुलेको छ। प्रेस चौतारीका पूर्व अध्यक्षसमेत रहेका अर्याल गत महाधिवेशनमा ओली प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, अन्तिममा बहिष्कार गर्दै भोट हाल्नै गएनन्।
ती नेता भन्छन्, ‘झाँक्री कमरेड राष्ट्रिय सभामा गइहाल्नुभयो। नगेन्द्र र कृष्ण कमरेडको नाम हेडक्वार्टरकै दबाबमा नाम थपियो। ज्ञवालीजीले पछिल्लो समय शालीनता भत्काउँदै जानुभएको छ। यसले उहाँलाई मात्र नभएर एमाले गुल्मीलाई नै प्रभाव पार्ने छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया