बिएल संवाददाता
गैर आवासीय नेपाली संघ(एनआरएनए)को राष्ट्रिय परिषद समन्वय समिति (एनसिसी) अमेरिकाले हालका लागि अमेरिकामा कुनै पनि कार्यक्रमहरू आयोजना नगरिएको र नेपालका कुनै पनि विशिष्ट व्यक्तिहरूलाई निम्तो नगरिएको प्रस्ट पारेको छ।
अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा जाने भन्दै मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत समेत गरिसकेका थिए। पुस २१ मा बसेको मन्त्रिपरिषदले ‘२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयेजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेन जेड रिभोलुसन सम्बन्धि कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृती प्रदान गर्ने’ गरी निर्णय गरेको थियो।
उक्त भ्रमण स्वीकृत भएपछि गुप्ताले ‘नक्कली निमन्त्रणापत्र’ मन्त्रिपरिषदमा लगेर अमेरिका भ्रमण स्वीकृत गरेको र जम्बो टोली लगेर अमेरिका जान लागेको भन्दै आलोचना भएको थियो। त्यसबारेमा एनसिसी अमेरिकासमेत जोडिएपछि उसले विज्ञप्ति निकालेर कुनै पनि कार्यक्रम आयोजना नगरिएको र कसैलाई पनि निमन्त्रणा नगरिएको प्रस्ट पारेको हो।
‘गैरआवासीय नेपाली संघ अमेरिकाको नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनसिसी अमेरिकाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम, ईआईएन नम्बर तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्’ प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको ५ ‘यस सन्दर्भमा, एनआरएनए एनसिसी युएसएले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, एनआरएनए एनसिसी युएस को तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया