बिएल संवाददाता
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ।
आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए।
बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ।
पार्टीका मुख्य सचिव पौडेलद्वारा जारी सूचनाअनुसार बैठक आकस्मिक रूपमा बोलाइएको हो। बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
पार्टीले नियमित महाधिवेशनको मिति धकेलेपछि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। विशेष महाधिवेशनमा सहभागी हुनका लागि देशभरिबाट प्रतिनिधिहरू काठमाडौंमा जम्मा भइसकेका छन्।
विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबार उद्घाटन गर्नेगरी सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया