बिएल संवाददाता
भृकुटीमण्डपमा भोलिदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनको निम्तो बोकेर देउवा निवास महाराजगञ्ज पुगेका नेतालाई देउवाका सहयोगी भानु देउवाले कठालो समातेर निकालेका छन्।
शीर्ष नेतृत्वलाई महाधिवेशनको निम्तो पुर्याउने जिम्मा पाएका नेता रामपल्टन साहलाई देउवाका स्वकीयले दुर्व्यवहार गर्दै घरको कम्पाउन्डबाट बाहिर निकालेर गेटको चुकुल लगाइदिएका हुन्।
नेता साह शनिबार निम्तो बोकेर देउवा निवास पुगेका थिए। त्यसक्रममा भित्र मिटिङ रहेको भन्दै साहलाई एक घण्टा कुराइएको थियो। केही समयपछि कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेल बाहिर आएपछि देउवाको निम्तो बुझाउन खोज्दा उनले बुझ्न अस्वीकार गरेको नेता साहले बीएल नेपाली सेवालाई जानकारी गराए।
मुख्यसचिवले देउवालाई नै बुझाउन भनेपछि साहले देउवाका सहयोगी भानुलाई चिठी बुझाउन खोज्दा उनले दुर्व्यवहार गरेका हुन्।
नेता साहले भने, ‘भानु देउवाले लाज लाग्दैन तपाईंलाई? जानुस् तपाईं भनेर पटक पटक भन्नुभयो। कम्पाउन्डबाट बाहिर निकालेर गेटको चुकुल लगाइदिनुभयो। बाहिर निस्किन लाग्दा नेता उमाकान्त चौधरीजी भित्र छिर्दै हुनुहुँदो रहेछ। अनि उहाँकै जिम्मामा पठाइदिएँ।’
नेता साहका अनुसार देउवा निवासमा शेखर कोइराला, पूर्णबहादुर खड्का लगायत शीर्ष नेताहरू सघन छलफलमा छन्।
देउवा निवासपछि उनी शशांक कोइराला, पूर्णबहादुर खड्का, शेखर कोइरालाको सचिवालय पुगेर महाधिवेशनको निम्तो बुझाएर फर्किएका छन्।
‘शशांकजी कार्यालयमै हुनुहुन्थ्यो। उहाँलाई पत्र दिएँ, उहाँले ‘गुड जब’ भन्नुभयो। खड्काजी र शेखरजी हुनुहुन्थेन, कार्यालयमा बुझाएर आएँ,’ नेता साहले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया