बिएल संवाददाता
उज्यालो नेपाल पार्टीले रास्वपासँगको सहमति भंग गर्ने निर्णय गरेको छ।
शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरू रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको कारण देखाउँदै सहमति भंग गरेको हो।
केन्द्रीय कमिटी बैठकपछि पत्रकार सम्मेलन गर्दै उनेपाका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन्।
उनले अन्तिम आफू रास्वपाको साधारण सदस्य बन्छु भन्दा पनि १२ दिनसम्म होल्ड गराएर रास्वपाले एकतर्फी रुपमा सहमति भंग गरेको आरोप लगाए।
उनले भने, ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ। अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ। म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ।’
कुलमानले रास्वपा उनेपाको मित्र शक्ति भएकोले सहकार्यको सम्भावना अझै रहेको स्पष्ट पारे। ‘रास्वपासँग सहकार्य हुन सक्छ। उहाँहरू हाम्रो मित्र शक्ति नै हो। हामी उहाँहरूसँग शत्रुतापूर्ण हिसाबले जादैनौं,’ घिसिङले भने।
‘पुस १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरू रास्वपाले कार्यान्वयन गर्न नमानेको र एकपक्षीय रुपमा सहमति तोडेकाले उक्त सहमति भंग गरिएको छ। साथै उज्यालो नेपाल पार्टीले आगामी निर्वाचन चिम चुनाव चिह्न लिएर भाग लिने निर्णय गरेको छ,’ केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ।
त्यस्तै केन्द्रीय कमिटी बैठकले कुलमान र अनुप उपाध्यायको पद हेरफेर गरेको छ। यसअघिका संरक्षक कुलमानलाई पार्टी अध्यक्ष बनाएर उपाध्यायलाई संरक्षकको जिम्मेवारी तोकिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया