बिएल संवाददाता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ। आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो।
विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि सुरू हुनेछ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ लाग्ने छ।
विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौ आइसकेका छन् भने उनीहरुको लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ।
उद्घाटनअघि महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिरहेका छन्।
गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए।
कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया